Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानचेस्टर सिटी उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा, हालान्डले बनाए कीर्तिमान

    म्यानचेस्टर सिटी उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा, हालान्डले बनाए कीर्तिमान

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 498
    SHARES

    एजेन्सी । वेष्ट ह्याम युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

    गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्टह्यालमाई ३–० ले हराएर आर्सनललाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो ।



    सिटीको जितमा नाथन आके, अर्लिङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । यस्तै यो खेलमा गोल गरेका हाल्याण्डले प्रिमियर लिगको एकै सिजनमा ३५ गोल गर्ने कीर्तिमान बनाएका छन् ।



    यसअघि अलान शिएरर र एण्डी कोलको नाममा ३४ गोलको कीर्तिमान थियो । जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकामा ३३ खेलबाट ७९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार