Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सेयर चलखेल गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर

    सेयर चलखेल गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 765
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा हालेको छ ।

    बोर्डले बैशाख २५ गते प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतम मुद्दा दायर गरेको हो । उनले उक्त सेयर खरिद बिक्रीमा जालसाजीयुक्त कारोबार गरेको आरोप छ ।



    प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको सेबोनको आरोपपत्रमा उल्लेख छ ।



    २०७८ फागुन २५ गते प्रधानले गैरकानूनी रुपमा सेयर कारोबार गरेको अनुसन्धानमा देखिएको भन्दै उनलाई १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना, २ वर्ष कैद वा दुबै सजाय हुनुपर्ने माग दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार