Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कमल थापाको टिप्पणी – अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट, पट्यारलाग्दो

    कमल थापाको टिप्पणी – अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट, पट्यारलाग्दो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 990
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम ‘कपी–पेष्ट’ गरी शब्द र सन्दर्भ तलमाथि पारिएको टिप्पणी गरेका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सरकारको नीति तथा कार्यक्रममाथि यस्तो टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको बताए ।



    अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको उनले प्रतिक्रिया दिए । उनले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको सर्बथा अभाव भएको बताए ।



    रोजगारी सिर्जनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै उनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार