Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै नेपाल तेस्रो भएको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो।



    नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको थियो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट नेपाल भारतसँग पराजित भएको थियो ।



    पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले पहिल नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

    शुक्रबार भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले फाइनल पुग्नबाट बन्चित भएको थियो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो । उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार