Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सामाजिक सञ्जालमा ट्रोल भएपछि ओलीले भने – जिन्दगीमा सुन लगाएको छैन, हाकाहाकी झुट बोल्ने काम भयो

    सामाजिक सञ्जालमा ट्रोल भएपछि ओलीले भने – जिन्दगीमा सुन लगाएको छैन, हाकाहाकी झुट बोल्ने काम भयो

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई सुन नपर्ने तर बिनाकारण झुटको खेति गर्दै भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘असत्य कुरा हो भन्ने जान्दा जान्दै हाकाहाकी झुट बोल्ने काम भइरहेको छ । केपी ओलीको फोटोमा सुनै सुनका फोटो हालेको छ । जबकी मैले जिन्दगीमा औंठी समेत लगाको छैन । एकपटक आमाले औंठी लगाऔं भनेको बेला दुई चार दिन मात्रै औंठी लगाए । जसले औंठीपनि लगाउँदैन । मेरो रुची औंठीमा छैन । म सानो छँदा कान छेडेर मुद्रा लगाइदिएको थिए । त्यसपछि त्यो खोलियो । तर,अहिले मलाई बोक्न नसक्ने गरि सुन लगाइदिएको छ । सत्यको उजागर गर्नुपर्ने हो । तर, झुट, भ्रम फैलाइँदैछ । ’



    आफूमा सुनप्रति कहिल्यै मोह नभएको उनले बताए । केही दिनअघि संसद बैठकमा नेकपा माओवादी केन्द्रका एकजना सांसदले एमाले नेतृत्व सरकारका पालामा पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल लगाएको र यसबारे छानबिन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

    पछि सभामुख देवराज घिमिरेले सो विषयमाथि छानबिन भइरहेकाले अहिले छलफल आवश्यक नभएको बताएका थिए।प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार