Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कमल थापा भन्छन् – भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार

    कमल थापा भन्छन् – भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार भनेका छन् ।

    पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरेका हुन् ।



    उनले लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताए ।



    ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ। यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु‌ आपत्तिजनक छ,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार