Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

    मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 597
    SHARES

    काठमाडौं । पाँच खेलको महिला टी-२० आई शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

    घरेलु टोली मलेसियाले निर्धारित पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०९ रन बनाएको हो ।



    मलेसियाका लागि वान जुलियाले ४७, विनिफ्रेड डुराइसिंगमले २४, महिराह इज्जाती इस्माइलले २० रन, ऐना हशिमले ६ रन बनाइन् ।



    बलिङतर्फ नेपालकी कविता जोशीले २ र ईश्वरी विष्टले एक विकेट लिइन् । यसअघि भएका चार खेलमा नेपाल र मलेसियाले शैङ्खला २-२ को बराबरी गरेका छन् ।

    आजको खेल जित्नेले शृङ्खला जित्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार