Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गृहमन्त्रीलाई सांसद खानले भने – नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्

    गृहमन्त्रीलाई सांसद खानले भने – नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खानले नागरिकताविहीन युवाहरूलाई तत्काल नागरिकता दिनु पर्ने बताएका हुन् ।



    सांसद खानले भने, ‘नागरिकता पीडितहरूको सवालमा चाहे त्यो २०७७ होस् वा २०७९ या २०८०, अहिलेसम्म सरकार र दलहरूले महत्त्वका साथ लिइएको देखिँदैन । अहिलेसम्म तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु भनेर मिलेमतो गरेको देखिन्छ । आज पनि नागरिकताविहीनहरू नागरिकता मागिरहेका छन् । गृहमन्त्रीज्यू, के नागरिकता माग्नु अपराध हो ?गृहमन्त्रीज्यू यदि नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्, होइन भने नागरिकता दिनुस् ।’



    सांसद खानले नागरिकताविहीन युवाहरूले माइतीघरमा आन्दोलन चर्काइरहेको भन्दै उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपाली बाबुआमाको कोखबाट जन्मिएका युवाहरूले नागरिकता माग्दा सरकारले उनीहरूमाथि अपराधीको व्यवहार गरेको बताए ।

    उनले राजनीतिक दलहरूले समेत नागरिकताका सवालमा बोली फेरिरहने र राजनीति गरिरहने प्रवृत्ति देखाएको बताए । उनले नागरिकता माग्नुलाई अपराध हो भने जसरी व्यवहार नगर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार