Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाईयोस् : अब्दुल खान

    राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाईयोस् : अब्दुल खान

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । सांसद अब्दुल खानले राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाज अनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन पाउनुपर्ने बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक नपाइने नियम हटाउन माग गरे।



    उक्त नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको भन्दै यस्ता प्रावधान हटाउन माग जोडदार माग गरेका हुन् ।



    उनले भने, ‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन् । यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार