Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • संसदमै अनसन बस्ने जनमतका सांसद खानको चेतावनी

    संसदमै अनसन बस्ने जनमतका सांसद खानको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 369
    SHARES

    काठमाडौं । जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन्।

    बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै सासंद खानले यस्तो चेतावनी दिएका हुन् ।



    बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे ।



    सांसद खानले भने,‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक/पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन्।’

    यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए ।

    पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार