Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

    पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 498
    SHARES

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ ।

    खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको थियो ।



    काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन्।



    सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ । त्यस्तै उनको दाहिने हातको औंलामा पनि चोट लागेको छ ।

    त्यस्तै चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार