Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • जनमतका उपाध्यक्ष खानले भने – चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ

    जनमतका उपाध्यक्ष खानले भने – चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उपाध्यक्ष खानले यस्तो माग गरेका हुन् ।



    उपाध्यक्ष खानले भने,‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ । यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’



    उपाध्यक्ष खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार