Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शान्ति सुरक्षाको चुनौती बढेको भन्दै चितवनमा सम्पूर्ण फिल्म हल बन्द

    शान्ति सुरक्षाको चुनौती बढेको भन्दै चितवनमा सम्पूर्ण फिल्म हल बन्द

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 864
    SHARES

    फाइल तस्विर

    चितवन । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट जानकी (सीता) लाई लिएर बोलिएको एक वाक्य हटाउने पर्ने भन्दै विवाद भएपछि चितवनका सबै फिल्महलहरु बन्द गरिएका छन् ।

    शुक्रबार फिल्म ‘आदिपुरुष’ प्रदर्शनका क्रममा केही युवाहरुले हुलदंगा मच्चाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यजनर गर्दै आज बिहान चलिरहेका बेला हल बन्द गराइएको हो ।



    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीको ठाडो मौखिक आदेशमा फिल्महलहरु बन्द भएका हुन् । अचानक बिना जानकारी सिडियोले हल नै बन्द गराएपछि हल सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् ।



    ‘सिडियो र एसपीले दादा गिरी देखाए, आदी पुरुष प्रदर्शनमा रोक लगाएकोमा हाम्रो विरोध होइन । बिना जानकारी आक्रामक शैलीमा हल नै बन्द गर्न आदेश दिएकोमा हाम्रो असन्तुष्टि हो,’ एक हल सञ्चालकले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार