Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कप्तान क्षेत्रीको ह्याट्रिकप्रेरित पाकिस्तानविरुद्ध भारतको सहज जित

    कप्तान क्षेत्रीको ह्याट्रिकप्रेरित पाकिस्तानविरुद्ध भारतको सहज जित

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपमा सुनिल क्षेत्रीको ह्याट्रिकप्रेरित साविक विजेता भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको छ ।

    बुधबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतले पाकिस्तानलाई ४–० गोलले पराजित गरेको हो । भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गर्दा उदान्त सिंहले एक गोल थपे ।



    जितसँगै समूह ‘ए’ को भारतले तीन अंक जोडेको छ । यस समूहमा भारत, पाकिस्तान, नेपाल र कुवेत छन् ।



    यसअघि आजै भएको पहिलो खेलमा आमन्त्रीत टोली कुवेतले नेपाललाई हराउँदै सुखद सुरुआत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार