Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित, समूह चरणबाटै बाहिरियो

    साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित, समूह चरणबाटै बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा नेपालमाथि २-० गोलले पराजित गरेको हो ।

    भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे । खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।



    भारतसँगको हारसँगै नेपाली टोलीको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । यसअघि नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित भएको थियो ।



    नेपाल पराजित भएसँगै पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ । भारत र कुवेत भने समूह ‘ए’ बाट अन्तिम चारमा पुगेका छन् । नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ। अघिल्लो सिजन नेपाल र भारतले साफको फाइनल खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार