Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिलो हाफमा नेपाल र पाकिस्तान बराबरीमै रोकिए

    पहिलो हाफमा नेपाल र पाकिस्तान बराबरीमै रोकिए

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 651
    SHARES

    काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् ।

    बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको ११औँ मिनेटमा नेपालका विमल घर्तीमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् ।



    नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।



    पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार