Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

    स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 933
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन्।

    दुर्घटनामा परि मृत्यु हुनेमा सूर्यविनायक-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको रहेको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते भएका त्वाटीको उपचारको क्रममा अस्पतालमा नै शनिबार राती साढे ९ बजे मृत्यु भएको हो ।



    कृष्णकुमार आफैंले चलाएको बा ९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो।

    स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी सामान्य घाइते भएकी छन्। उनी उपचारपछि घर फर्किसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार