Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 504
    SHARES

    फाइल फोटो

    चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेलको मृत्यु भएको छ ।

    पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा १२ बजे मृत्यु भएको हो ।



    त्यस्तै, गैँडाको आक्रमणमा परि घाइते भएका स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपश्चात् घर फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार