Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सेयरबजार झिनो अंकले घट्यो, तीन अर्ब बढीको कारोबार

    सेयरबजार झिनो अंकले घट्यो, तीन अर्ब बढीको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो ।

    यस दिन बजारमा १ करोड ११ लाख ८२ हजार ३३५ कित्ताको सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।



    कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।



    सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३१ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार