Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ब्याजदरको कार्टेलिङ अन्त्य, बैंकहरुले आफैं ब्याजदर तय गर्ने

    ब्याजदरको कार्टेलिङ अन्त्य, बैंकहरुले आफैं ब्याजदर तय गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 798
    SHARES

    काठमाडौं ।नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ ।

    बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमति खारेज गरेको हो । अब कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने छन् ।



    यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ । हालसम्म वाणिज्य बैंकहरुको ब्याजदर तय गर्ने विषयमा एनबीएको बैठकमा उपस्थित प्रमुख कार्यकारी अधिकृतहरुको सहमति बमोजिम सबै वाणिज्य बैंकले लागू गर्दै आइरहेका थिए ।



    १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् । भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाउन वा बढाउन सक्नेछन् ।

    व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।

    हाल सबै वाािणज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिदै आएको ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर तय गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार