Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रुपन्देहीमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

    रुपन्देहीमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    गए राति करिब पौने १० बजे तीनजना सवार लु ७३ प ८६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार रोहिणी–४, पकडीका ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको हो ।



    अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार एकजना घाइते भएको र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    मोटरसाइकलसहित चालकलाई भने इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार