Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाको प्रस्ताव – दुई-दुई महिनामा अनिवार्य बैठक गरौँ

    केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाको प्रस्ताव – दुई-दुई महिनामा अनिवार्य बैठक गरौँ

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार नियमित रूपमा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने बताएका छन् ।

    मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरेका हुन् ।



    सोही सम्बन्धमा थापाले साउन पहिलो हप्ता बैठक बसेकाले अब असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्ता बस्ने गरी बैठकको मिति तोक्न प्रस्ताव गरेका छन् ।



    कांग्रेसको विधानअनुसार कम्तीमा दुई महिनामा केन्द्रीय कार्यसमिति बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न सकेको थिएन ।मंगलबार कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।

    त्यस्तै थापाले वर्षमा कम्तिमा दुईवटा बैठक काठमाडौं उपत्यकाबाहिर राख्न प्रस्ताव पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार