Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस बैठकमा शिवाकोटीको प्रश्न – थुनामा रहेका खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?

    कांग्रेस बैठकमा शिवाकोटीको प्रश्न – थुनामा रहेका खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 522
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा आवाज उठेको छ ।

    कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणबारे पार्टी बैठकले ठोस निर्णय लिनु पर्ने बताएका हुन् ।



    शिवाकोटीले भने, ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ? सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ।’



    भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताए ।

    पार्टीको जारी बैठकमा आफ्नो धारणा राख्दै पार्टीको धारणा के हो ? प्रष्ट पार्न माग गरे। उनले सरकार र खाण के रोज्ने पार्टी बैठकले स्पष्ट पार्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार