Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जापानमा पौडीबाज नासिरको नयाँ कीर्तिमान

    जापानमा पौडीबाज नासिरको नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 549
    SHARES

    काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।



    उनले यसअघि आफ्नै नाममा रहेको ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमानमा सुधार गरे। यसअघि नासिरले उक्त असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए ।



    अब नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार