Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने कांग्रेसको निर्णय

    सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ ।

    गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए ।



    यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए । महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए ।



    यस्तै दुई वर्षअघिको स्थानीय तह तथा गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका सबै नेता कार्यकर्ताको कारबाही फुकुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार