Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकदिवसीय क्रिकेट : भारतसँग वेस्ट इन्डिज पाँच विकेटले पराजित

    एकदिवसीय क्रिकेट : भारतसँग वेस्ट इन्डिज पाँच विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गरेको छ ।

    गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍यो ।



    यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।



    यो जितसँगै भारतले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । यसअघि भएको २ खेलको टेस्ट शृङ्खला भारतले १–० ले जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार