Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको कमल थापाको दाबी

    भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको कमल थापाको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न रहेको आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।



    उनले देशका भ्रष्टाचार काण्डहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको दाबी गरे । भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताउँदै प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको उनको भनाई छ ।



    अध्यक्ष थापाले नेताहरूले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए । नेताहरूले भ्रष्टाचारको नयाँ(नयाँ फाइलहरू खोल्ने भनेपनि विश्वास गर्न नसकिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार