Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सत्तापक्ष र प्रतिपक्षले उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित

    सत्तापक्ष र प्रतिपक्षले उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 444
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

    एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध गरेपछि बुधबार सम्मका लागि बैठक स्थगित भएको हो ।



    शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आसनबाट उठेका थिए ।



    सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका थिए।

    अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।

    त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन ३१ गते बुधबार बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार