Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रिहापछि सुनिल शर्माले भने – गृहमन्त्रीलाई तुरुन्त नहटाए सरकार ढल्छ

    रिहापछि सुनिल शर्माले भने – गृहमन्त्रीलाई तुरुन्त नहटाए सरकार ढल्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट छुटेका छन् ।

    अदालतले रिहा गर्ने आदेश दिएसँगै सांसद शर्मालाई सीआईबीले छोडेको हो । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार लिखत कीर्ते कसुरमा उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो ।



    शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । सोही अनुसार उनलाई सीआईबीले हिरासतबाट छाडेको हो । अब उनलाई थुनाबाहिरै राखेर अनुसन्धान थालिने छ ।



    यस्तै रिहा भएका सांसद शर्माले आफूले न्यायालयबाट न्याय पाएको प्रतिक्रिया दिएका छन् । साथै उनले गृहमन्त्री नारायाणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । उनले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनी दिए ।

    गृहमन्त्री तुरुन्त हट्नुपर्छ,’ उनले भने,’ उहाँ हट्नुभएन भने सरकार ढल्छ ।’ सुन तस्करी प्रकरणका संरक्षकहरूलाई कारबाही गर्ने आवाज उठाएपछि प्रधानमन्त्रीकै निर्देशनमा आफू पक्राउ परेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार