Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो

    त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो

    उद्धार कार्य जारी

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । धादिङको गजुरीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेपछि ९ जनाको मृत्यु भएको हो ।



    इलाका प्रहरी कार्यालय गजुरीका अनुसार ८ जना बढी घाइतेको उद्दार गरिएको छ । म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको थियो । दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।



    दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार