Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेसले आरजुलाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने

    कांग्रेसले आरजुलाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 648
    SHARES

    काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने भएको छ । कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको हो ।

    जसअनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ ।



    यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो ।



    संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार