Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध

    ६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो।

    काठमाडौैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो ।



    सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ।



    काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्ने प्रक्रिया अघि बढाएको हो। बोलपत्रको योग्यतामै चलखेल गरेको आशंका छ। पहिलो चरणको सूचनाअनुसार भदौ १३ गतेसम्मको म्याद थियो तर एक साता थपेर भदौ २२ गतेसम्म आवेदन दिने म्याद पु¥याइएको छ।

    बोलपत्र सूचनाको योग्यतामा ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीले न्यूनतम औसतमा वार्षिक ८० मिलियन अमेरिकी डलर (१० अर्ब ५८ करोड २४ लाख रूपैयाँ) टर्नओभर गरेको हुुनुपर्ने र विगत पाँच वर्षदेखि वार्षिक ८० मिलियनबराबरकै काम गरेको हुनुपर्ने राखिएको छ। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार