Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादीको रूपान्तरण अभियानलक्षित बाबुरामको व्यंग्य – सयवटा मुसा खाएर बिरालो तीर्थयात्रा हिँडेजस्तै !

    माओवादीको रूपान्तरण अभियानलक्षित बाबुरामको व्यंग्य – सयवटा मुसा खाएर बिरालो तीर्थयात्रा हिँडेजस्तै !

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरू अभियानका नाममा फुस्रा गफसहित जनतामाझ गइरहेको टिप्पणी गरेका छन् ।

    नेकपा माओवादी केन्द्रले शनिवारबाट शुरू गरेको जनतासँग माओवादी अभियानतर्फ लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो ताएका हुन् ।



    अध्यक्ष भट्टराईले दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिड्नु बिरालो तीर्थ गएजस्तै भएको टिप्पणी गरे ।



    अध्यक्ष भट्टराईले भने, ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे! केही पूराना दल र नेता राज्य सत्ताको चरम दोहन/भागबन्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार-आदर्श-मूल्यमान्यता-नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासितालगायत दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तैउस्तै भएन र?’

    माओवादी केन्द्रले शनिवारदेखि तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ शुरू गरेको छ । यसअघि गत निर्वाचनलगत्तै नेकपा एमालेले पनि ‘ग्रास रूट’ अभियान चलाएको थियो । कांग्रेस पनि जनतामा जाने तयारीमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार