Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संविधान संशोधन गर्न हतार गरिहाल्नुपर्ने अवस्था छैन : केपी ओली

    संविधान संशोधन गर्न हतार गरिहाल्नुपर्ने अवस्था छैन : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 933
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

    दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले संविधान संशोधनका नाममा आयातित र प्रायोजित कुराहरू पनि देखिएकाले हतारिन नपर्ने धारणा राखे ।



    अध्यक्ष ओलीले भने,‘२०७२ मंसिर र २०७७ जेठमा संशोधन गरिसकेका छौं। एक-एक वटा मात्रै विषयमा हामीले संशोधन गर्‍यौं । अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटामात्रै विषय होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ। एउटा हिसाबले बेला भएको छ कि छैन भन्ने पनि छ। एउटा हिसाबले के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, सेन्टिमेन्ट छ। त्यसकारण यसमा कुनै हतारो गरिहाल्नुपर्ने अवस्था छैन।’

    उनले दुई पटक संविधान संशोधन भएको र तेस्रोपटक गर्दा एक-एक विषयमा नभई धेरै विषय समेटेर गरिनुपर्ने बताए। अध्यक्ष ओलीले दलीय भावनाभन्दा माथि उठेर नेम्वाङले संविधान जारी गर्न भूमिका खेलेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार