Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीको खुलासा – नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो

    एमाले अध्यक्ष ओलीको खुलासा – नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको खुलासा गरेका छन् ।

    मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।



    उनले संविधान जारी नगर्न नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको बताए ।



    “सुवास नेम्वाङजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउँदिन भनेर भन्नुभयो । त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गराउनुभयो,” अध्यक्ष ओलीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार