Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रिय एकतालाई खल्बल्याउने प्रयास भइरहेको छ : केपी ओली

    राष्ट्रिय एकतालाई खल्बल्याउने प्रयास भइरहेको छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबीचको एकता कमजोर गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् ।

    संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ‌ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ‌ओलीले नेपालको संविधान प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताउँदै राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन नसक्ने बताए ।



    अध्यक्ष ‌ओलीले भने,’कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्। त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।’



    अध्यक्ष ‌ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

    राजनीतिक परिवर्तन र संविधानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने अध्यक्ष ‌ओलीलेको भनाइ छ।

    उनले विभाजनकारी प्रवृति ल्याएर जनतामा फाटो पुर्‍याउने र राष्ट्रिय एकतामा खलल ल्याउन खोजिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार