Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ, अभियान छोड्नु हुँदैन : अध्यक्ष ओली

    इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ, अभियान छोड्नु हुँदैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 945
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । आठ वर्षअघि भारतले नेपालमा नाकाबन्दी गरेको सम्झना गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै ‘इतिहासमा आज!’ शीर्षकमा उनले असोज ६ गतेको सम्झना गरे । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु’, उनले लेखेका छन्, ‘अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं।’



    उनले यस्ता घटनाले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने उनले बताएका छन् । ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ’, उनले भनेका छन्, ‘जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’



    संविधानसभाबाट असोज ३ गते संविधान जारी भएपछि भारतले नेपालमा नाकाबन्दी लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार