Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारलाई केपी ओलीको चुनौती – गिरिबन्धु-गिरिबन्धु किन भन्नु ? फाइल खोले भैगो त !

    सरकारलाई केपी ओलीको चुनौती – गिरिबन्धु-गिरिबन्धु किन भन्नु ? फाइल खोले भैगो त !

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई गिरिबन्धुको फाइल खोल्न चुनौती दिएका छन् ।

    सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी फाइल खोल्न सरकारलाई चुनौती दिएका हुन् ।



    गिरिबन्धुको फाइल खोल्दा गठबन्धनका नेताहरू नै जेल जाने अध्यक्ष ओलीले दाबी गरे । अध्यक्ष ओलीले गिरिबन्धुको फाइलसँग कुनै त्रास नरहेको बताए।



    अध्यक्ष ओलीले भने,‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । ९हामीलाई० फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर ।’

    ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो । तर, ओलीले गिरिबन्धुको फाइलसँग एमालेको त्रास नभएको बताए ।

    अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार