Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माधव नेपालले भने – अन्धाधुन्ध मूल्यवृद्धि भयो, नियन्त्रण गर्न सरकारले प्रयास नै गरेन

    माधव नेपालले भने – अन्धाधुन्ध मूल्यवृद्धि भयो, नियन्त्रण गर्न सरकारले प्रयास नै गरेन

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् ।

    पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरुले संसदबाट पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।



    अध्यक्ष नेपालले भने, ‘अन्दाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । छलफलबाट केहीकेही थोरै बढाउनु त एउटा कुरा होला । तर, आफ्नो हिसाबले भइरहेको मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराउँछौं ।’



    उनले आफूहरु अहिले सत्ता गठबन्धन र समाजवादी मोर्चामा भएपनि आफ्नो हिसाबले चलिरहेको बताए । अध्यक्ष नेपालले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्धरूपमा मूल्यवृद्धि भइरहेको बताए ।

    मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसद्‌मा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार