Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेसपाको निर्णय

    माओवादीले ९ बुँदेको जवाफ नदिएसम्म वार्तामा नबस्ने नेसपाको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 753
    SHARES

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    बुधबार राति बसेको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ ।



    यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पार्टीले निर्णय गरेको छ ।



    पार्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।

    यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार