Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद : नेपाल जित्यो कबड्डीमा पहिलो पदक

    एसियाली खेलकुद : नेपाल जित्यो कबड्डीमा पहिलो पदक

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 651
    SHARES

    काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । आज भएको खेलमा भारतले नेपाललाई ६१–१७ ले हराएको हो।

    पहिलो हाफमा २९–१० ले पराजित भएको नेपाल दोस्रो हाफमा ३२–७ ले पराजित हुन पुग्यो।



    जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ। नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।



    सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार