Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मेक्सिकोको सीमामा थप पर्खाल लगाउँदै अमेरिका

    मेक्सिकोको सीमामा थप पर्खाल लगाउँदै अमेरिका

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 555
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ ।

    मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले घोषणा गरेको हो ।



    डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ ।



    अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिने मन्त्री मेयरकासले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार