Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक आज बस्दै, मौखिक तथा लिखित प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    प्रतिनिधिसभा बैठक आज बस्दै, मौखिक तथा लिखित प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 666
    SHARES

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।



    ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।



    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा दश अथवा सो भन्दा बढी अनुपस्थित संसद् सदस्यहरूको अनुपस्थितिको सूचना पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार