Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बहुमूल्य सामान देखाएर प्रलोभनमा पारेर ठगी गर्ने ६ जना पक्राउ

    बहुमूल्य सामान देखाएर प्रलोभनमा पारेर ठगी गर्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीले बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।



    उक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरकै मुरली न्यौपाने रहेका छन् ।



    गदाईलीको साथबाट प्राचीन पुरातात्विक सामान अन्दाजी दुई करोड मूल्यमा खरिद बिक्री गर्ने भनी बाहाना बनाई झुक्याएर ठगी गर्ने व्यक्तिको साथबाट त्रिभुजआकारको अटोफायर र क्रिष्टल माला बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार