Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेललाई कमल थापाको आग्रह – पदमा बस्ने नैतिकता छैन, तत्काल राजिनामा दिनू

    राष्ट्रपति पौडेललाई कमल थापाको आग्रह – पदमा बस्ने नैतिकता छैन, तत्काल राजिनामा दिनू

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 474
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजिनामा माग गरेका छ । पार्टी राजनीतिमा संलग्न राष्ट्रपति पौडेललाई पदमा बस्ने नैतिकता नभएको भन्दै उनले राजिनामा माग गरेका हुन् ।

    कोशी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको उनले जिकिर गरे ।



    उनले लेखेका छन्, ‘पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’



    राष्ट्रपति पौडेल समूह पदीय मर्यादा भुलेर शुक्रबार शेखर कोइरालालाई फोन गरी केदार कार्कीको दाबी फिर्ता गराउन लागि परेको समाचार सार्वजनिक भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार