Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

    काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बढुवा भएका छन् । मंगलबार बसेको कार्यपालिका वैठकले उनलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।

    हाल उनी नगर प्रहरी उपरीक्षक रहेका छन् । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ ।



    सोही अनुसार कार्यपालिका वैठकले पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको बताइएको छ । सुशासन समितिका संयोजक ख्यामराज तिवारीले एसएसपी बढुवाका लागि ३ जना एसपीको नाम सिफारिस गरेका थिए ।



    समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार