Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राजु पाण्डे भन्छन् – थापाथलीका प्रदर्शनकारीहरूलाई नियन्त्रणमा नलिई जाँदैनौँ

    राजु पाण्डे भन्छन् – थापाथलीका प्रदर्शनकारीहरूलाई नियन्त्रणमा नलिई जाँदैनौँ

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिएका छन् ।

    सुकुम्वासी बस्तीमा अनधिकृतरूपमा बनाइएको टहरा हटाउन पुगेको काठमाडौं महानगरको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैधरूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरि आफूहरू त्यस क्षेत्रबाट नफर्किने बताएका हुन् ।



    आज सोमवार दिउँसोदेखि सुकुम्वासी बस्तीमा स्थानीयले डोजर चलाउन नदिइ ढुङ्गामुडासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित झन्डै १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।



    आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार