Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • महानगर प्रहरी प्रमुख पाण्डेले शारीरिक हिंसा नगरेको छानबिन समितिको निष्कर्ष

    महानगर प्रहरी प्रमुख पाण्डेले शारीरिक हिंसा नगरेको छानबिन समितिको निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 750
    SHARES

    काठमाडौं । महिला नगरप्रहरी हवल्दारलाई सुत्केरी बिदा नदिएको तथा दुर्व्यवहार गरेको आरोप लागेका काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेले हिंसा नगरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

    गत शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाउँदै नगर प्रहरी प्रमुख पाण्डेले महिला नगरप्रहरी हवल्दारलाई हिंसा नगरेको ठहर गरेको हो ।



    काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीका अनुसार छानबिन समितिले २० पेजको प्रतिवेदन बुझाएको थियो ।



    सो प्रतिवेदन अनुसार नगर प्रहरी प्रमुख पाण्डेले महिला नगरप्रहरी हवल्दारलाई शारीरिक हिंसा नगरेको उनले बताए । तर मानसिक रूपमा तनाव हुने गरी गालीगलौज गरेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा राजु पाण्डेलाई फेरि यस्तो नहोस् भनेर चेतावनी दिइएको छ । गत पुस ८ गते महानगरले छानबिन गर्न समिति गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार