Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ढुंगामुढा प्रहारबाट घाइते महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

    ढुंगामुढा प्रहारबाट घाइते महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ढुंगामुढा प्रहारपछि घाइते महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई भेटेका छन् ।

    प्रमुख शाहले थापाथलीस्थित नर्भिक अस्पतालमा अस्पतालमै पुगेर पाण्डेलाई भेटेका हुन् ।



    सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रमुख पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए ।



    घाइतेमध्ये पाण्डेसहित ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ।

    यस्तै उपमेयर सुनिता डंगोल पनि सोमबार साँझ घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पतालमा पुगेकी थिइन् । प्रमुख बालेन फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार