Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • थापाथलीबाट बच्चा चोर्ने सिंहलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश

    थापाथलीबाट बच्चा चोर्ने सिंहलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 345
    SHARES

    काठमाडौं। थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

    जिल्ला अदालत काठमाडौंले अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।



    दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन् ।



    प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

    मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार